रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ - केहि दिनको अन्तरालमा ३७ नेपालीको शव नेपाल एयरलायन्स मार्फत नेपाल ल्याएका क्याप्टेन विजय लामाले भाबुक हुने सन्देश दिएका छन ।
उडान नहुँदा विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन सकिएको थिएन । यसै विच नेपाल बायुसेवा निगमको जहाजले विभिन्न समयमा शवहरु नेपाल ल्याउने गरेको छ । जसमध्य ३ अस्तु र बाँकी शव रहेका छन ।
क्याप्टेन लामाले आफ्नो सामाजिक सञ्जालमा लेकेका छन "मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ१ धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो ?"
नेपालीहरुको मलेसिया रोजगारीको लागि निकै आकर्षक गन्तमव्य मानिन्छ तर सयौं नेपालीको एक वर्षमै ज्यान जाने गरेको छ । नेपालीहरुको शव नेपाल आँउदा त्रिभुवन विमान स्थल भने निकै भावुक बनेको थियो । आफ्न्ताको रुवाबासीले विमान स्थलमा भावुक माहोल बनेको थियो ।