नारी दिवसको अवसरमा कालिका नगरपालिकामा साक्षरता कार्यक्रम सम्पन्न

कमल राज ढकाल - कालिका नगरपालिकामा बि.एम् हस्तकला प्रशिक्षण उद्योगको आयोजनामा ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।   

निवर्तमान श्रम तथा यातायात मन्त्री घनश्याम दाहालले महिला दिदी बहिनीहरु समाज, देश र रास्ट्र हाक्ने कार्यक्षमतावान भैसक्नु भएकोले तपाईहरुले पनि आफुलाइ परेको समस्यालाई बलिगो ढङ्गबाट प्रस्तुत गर्दै अगाडि बढनु हुन अनुरोध गर्नु भयो ।

सो कार्यक्रममा एक दिने कानुनी साक्षरता तथा लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ विषयकमा जिल्ला बार एशोसेसनको अध्यक्ष अधिवक्त्ता खगराज कडेलले प्रशिक्षण दिनु भएको हो ।सो कार्यक्रममा महिला हिंसासम्बन्धी ,बालबालिकाहरुले सामाजिक सञ्जालको दुरुपयोग र लाघु औषधिको दुरुपयोग सम्बन्धि कानुनी जटिलता विषयमा जानकरी दिनु भएको हो । उक्त कार्यक्रममा १४३ जना महिलाहरु सहभागी थिए ।

 सो कार्यक्रममा बि.एम् हस्तकला प्रशिक्षण उद्योग अध्यक्ष बुद्धि माया घलेले समाज परिवर्तन गर्नको लागि पुरुष सरह हुनको लागि महिला दिदिबहिनीहरु सक्षमहुनका साथै ससक्तं रुपामा लाग्नु पर्ने बताउनु भयो , सो उद्योगले विभिन्न्न कार्यक्रम मार्फत धेरै महिलाहरुलाइ रोजगारी दिनुभएको जानकरी दिनु भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथी निवर्तमान श्रम तथा यातायात मन्त्री घनश्याम दाहाल ,अतिथीहरु चितवन उद्योग सङ महिला उद्यमि मञ्च अध्यक्ष पार्वती,सुबेदि राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केंद्र सौराहाको प्रतिनिधि ऋषि राम सुवेदी , जिल्ला हस्तकला संघ चितवन सशक्तीकरण तथा परिवर्तनशिल संस्था नेपाल,चितवन प्रातिनिधीहरु, कालिका नगरसमिती एकल महिला उपध्याक्ष , प्रमिला रिजाल सहभागीता रहेको थियो । बि.एम् हस्तकला प्रशिक्षण उद्योग सदस्य सत्य देवि श्रेष्ठले स्वागत मन्तव्य दिएकी हुन । उद्योगका सल्लाहकार सबिता लामाले कार्यक्रम सन्चालन गर्नु भएको थियो।

प्रतिक्रिया