काठमाडौं - अपाङ्ग भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा हिस्सा छुट्याउन काम चलिरहेकाे छ ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बाेल्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनका उपकार्यकारी निर्देशक रूपेश केसीले पछिल्लाे समय सेयर बजारप्रति क्रेज बढेकाे अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा हिस्सा छुट्याउने बारेमा आफूहरूको छलफल भइरहेको बताएका छन् ।