कतारी राजाको सम्मानमा सार्वजनिक बिदा, सेयर बजार नखोल्ने

काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिल हमाद अल थानी आज नेपाल आउने भएसँगै सरकारले सार्वजनिक विदा दिएको छ। 

साँझ ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अमिर शेखलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नेछन् । कतारका राजा वैशाख १२ मा दिउँसा करिब २ बजेतिर स्वदेश फर्किने कार्यक्रम छ ।

उनको यो नेपालको पहिलो राजकीय भ्रमण हो। भ्रमणमा क श्रेणीको सुरक्षा प्रोटोकल कायम गरिनेछ। साथै उनको राजकीय भ्रमणलाई सम्मान गर्दै देशमा सार्वजनिक विदा दिइएको हो। 

सार्वजनिक विधासँगै आज सेयर बजार पनि बन्द हुनेछ। सोमबार सेयर बजार दोहोरो अङ्कले घटेको थियो।

प्रतिक्रिया