फेरि कोरोना संक्रमण ४ हजार नजिक पुग्यो, पछिल्लो २४ घण्टाको अपडेट यस्तो छ

काठमाडौं - कोरोना परीक्षण बढाइएपछि संक्रमितको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३८ सय ९९ जनालाई संक्रमण पुष्टि भएको छ भने १७ सय ७८ जना निको भएका छन् । सोही अवधिमा २० जनाको मृत्यु भएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर र ४ हजार ८६३ एन्टीजेन गरि १७ हजार ५१८ जनाको कोरोना परीक्षण भएको छ । हिजाे १२ हजार २४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २७२ जनाको कोरोना परीक्षण हुँदा ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको थियाे । 

 

यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७७४ जना छन् । काठमाडौंमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जनालाई पोजेटिभ देखियो । 

 

हालसम्म नेपालमा ७ लाख ४२ हजार ८१७ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ४७ हजार ७९ जना निकाे भएका छन् भने ९७ सय ५८ जनाकाे मृत्यु भएको छ । 

प्रतिक्रिया