काठमाडौ - सरकारले सिसडोल बासिविच सम्झौता भएसँगै उपत्यकाको फोहोर मंगलबारबाट उठ्ने भएको छ ।
सोमवार स्थानियबासी र महानगर,मन्त्रालय बीच फोहोर उठाउने सहमति भएको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको जनप्रतिनिधिहरु बीचको बैठकले फोहोर व्यवस्थापन गर्ने सहमति जुटाएको हो । स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि मंगलबार ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ । बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथा ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो ।
सहमति पत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धता जनाइएका छन् । सहमतिअनुसार महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने, उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न प्रतिवद्धता जनाएको छ । सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।