आइपीओमा ३२१ गुणा बढी आवेदन

काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब १८ लाखको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ५ः०७ बजेसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता शेयरको ३२१.६८ गुणा बढी हो ।

लघुवित्तले असार १ गते देखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

प्रतिक्रिया