कार्तिक ३० गते नेपाल बन्दको घोषणा

काठमाडौं - भोलि कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरिएको छ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको मङ्गलबारको नेपाल बन्दको आक्रामक तयारी गरेको हो ।  

पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्यवृद्धि गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द घोषणा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि पहिलोपटक आव्हान गरिएको हो । यसकारण पनि विप्लवले भोलिको बन्दलाई शक्ति प्रदर्शनका रुपमा लिएको बुझिएको छ । 

विप्लवले भोलिको बन्दमा सम्पूर्ण शक्ति लगाउने तयारी गरेका छन् । उनले भोलि शक्ति प्रदर्शन गरेर आफ्नो प्रभाव समेत देखाउने रणनीति बनाएको बुझिएको छ । 

विप्लवले बन्दको पर्चा समेत छर्न लगाएका छन् । विशेषगरी शहरी क्षेत्रमा पर्चा व्यापक गरेर बन्द पूर्ण रुपमा सफल बनाएर आफू मजबुत रहेको देखाउन खोजेका छन् ।

शेयर बजार खुल्छ की खुल्दैन ?

धेरै लगानीकर्ताले नेपाल बन्दको दिन शेयर बजार खुल्छ की खुल्दैन भन्ने जिज्ञासा राख्नु भएको छ । पछिल्लो समय धेरै जसो शेयर कारोबार अनलाइन बाट हुने हुँदा भोलि पनि बजार खुल्ने नेप्से ले जनाएको छ । 

प्रतिक्रिया