सुस्तायो शेयर बजार,प्रिओपन सेसनमा ७ कम्पनीको मात्र कारोबार

काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेर कारोबार भएको छ । 

नेप्सेसँगै कारोबार रकम पनि निकै सुस्ताएको देखिएको छ । यो सेसनमा आज ७ कम्पनीको शेयर खरिद बिक्री हुँदा ७५ हजार माथिको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य ३ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । त्यस्तै १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

गत बिहीबार पनि दोहोरो अङ्कले बजार घटेरको थियो । पछिल्ला केही समय तरलता अभावले नेप्सेमा प्रभाव देखिन थालेको छ । नयाँ लगानीकर्ता प्रवेश हुने क्रम रोकिनु साथै आक्रामक लगानी गर्नेहरूको लागि पनि शेयर धितो कर्जाले समस्या पारेको देखिन्छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय