काठमाडौं - साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत भारतविरुद्धको खेलमा नेपाल पराजित भएको छ।
यसअघिका दुई खेलमा जित निकालेको तेस्रो खेलमा नेपालले भारतलाई १-० ले नतिजा सुम्पिएको हो।
यस जितसँगै भारतले पनि तीन खेलबाट ५ अंक बटुलेर फाइनलको सम्भावना बढाएको छ। नेपालले तीन खेलमध्ये २ मा जित र १ मा हार भोग्दै ६ अंकसहित दोस्रो स्थानमा छ।
माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो। तर दोस्रो हाफको ८२ औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गर्दै भारतलाई जिताए।
भारतसँगको हारसँगै नेपालले फाइनलमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्नुपर्नेछ। हारका बाबजुद पनि नेपालको फाइनल पुग्ने सम्भावना कायमै छ।
नेपालले दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो। नेपालमाथिको जितसँगै भारतको फाइनल पुग्ने गणितीय सम्भावना बढेको छ।