कोरोना संक्रमित घट्ने क्रममा, मृत्यु पनि एक अंकमा झर्यो

काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर ८३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७३० पीसीआर परीक्षणबाट र १०४ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा ८ हजार ५८९ नमुनाको पीसीआर परीक्षण र ५ हजार १४७ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १३ हजार ७३६ गरिएको छ । 

१२७९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ। 

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १९ हजार १४२ छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९१ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९० हजार ५४७ पुगेको छ । 

हालसम्म ७ लाख ६१ हजार १५४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९६ पुगेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय