भोजपुरमा बाढीले दुई कामदारलाई बगायो, एकको उद्धार

सांकेतिक तस्बिर

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले दुई जनालाई बगाएको छ। बाढीले इर्खुवा हाइड्रोमा कार्यरत दुई जना कामदारलाई बगाएको भोजपुर जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।राति १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका दुई जना कामदार हराएको इन्स्पेक्टर दीपक श्रेष्ठले बताए। बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन्।यस्तै, २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ। उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ। अहिले स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया