हुम्लामा पहिरोले ४ जनाको ज्यान लियो

काठमाण्डौ । केही दिन देखि परिरहेको अविरल बर्षासँगै आएको पहिरोमा परि हम्लामा ४ जनाको ज्यान गएको छ भने ५ जना गम्भीर घाइते भएका छन । 


चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेपछि ठुलो मानविय क्षती भएको हो । मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् ।

५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय