दिल्ली- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णयलाई उच्च अदालतले स्थगित गरेको छ। प्रवर्तन निर्देशनालय (ईडी) ले अदालतको फैसलाविरुद्ध उच्च अदालतमा निवेदन दिएपछि यो निर्णय लिएको हो।
बीबीसीका अनुसार, अतिरिक्त सलिसिटर जनरल एसवी राजूले केजरीवालको मुद्दामा शीघ्र सुनुवाईको आग्रह गरेका थिए।
जस्टिस सुधीर कुमार जैन र रविन्द्र दुदेजाको इजलाशले मुद्दाको फाइल आएपछि तुरुन्तै सुनुवाई गर्ने बताएको छ। सुनवाई पूरा नभएसम्म उच्च अदालतले केजरीवालको धरौटीमा रिहा हुने निर्णयमा रोक लगाएको छ।
दिल्लीको राउज एभेन्यू अदालतले बिहीवार तिहाड जेलमा रहेका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।