बिन्ध्यबासिनी हाइड्रोको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार हुने

काठमाडाैँ - बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आजदेखि कारोबार हुने भएको छ । 

कम्पनीको शेयर बुधबार नेप्सेमा सूचीकृत भएको थियो । योसँगै आजबाट कारोबारको लागि बाटो खुलेको हो । 

स्टकका अनुसार कम्पनीकाे १ कराेड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि न्युनतम एक सय ११ रूपैयाँ ३४ पैसादेखि अधिकतम ३ सय ३४ रूपैयाँ २ पैसा ओपनिङ्ग रेञ्ज ताेकेकाे छ । त्यस्तै, कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BHDC सिम्बाेल प्राप्त गरेकाे छ । 

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय