काठमाण्डौ । लगातार २ दिन घटेको शेयर बजारमा बुधबार प्रिओपनमा सुधार देखिएको छ । आज यो सेसनमा ५.८७ अङ्कले बढेर समग्र बजार २०३६ विन्दुमा पुगेको छ । मंगलबार बजार अर्धशतक हाराहारीले घटेको थियो भने आइतबार भने बढेको थियो ।
यो सेसनमा आज २१ कम्पनीको शेयर किनबेच हुँदा ३७ लाख माथिको कारोबार भएको छ । किनबेच भएका मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
आधा दर्जन बढि कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढ्दा न्यादी पावरको शेयर धेरै मूल्यको कारोबार भएको छ ।