आज एक्कासी कोरोना संक्रमित किन बढे ?

काठमाण्डौ - पछिल्लो २४ घण्टामा १६ हजार २३३ जनाको कोरोना परीक्षण हुँदा २२ सय ९५ जनालाई संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १८ सय ८ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३५ हजार ८७४ जना छन् । 

नेपालमा ८ लाख ४४ हजार ४८८ जनालाई संक्रमण पुष्टि भएकोमा ७ लाख १४ हजार ५२० जना निको भएका छन् भने १० हजार ७३० जनाको मृत्यु भएको छ । यस्तै आज थपिएकामध्ये काठमाडौं उपत्यकामा ९०६ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जनालाई पोजेटिभ देखिएको छ । 

यसैबीच गएको ३ दिनमा करीब ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । भदौ १२, १३ र १४ गते ५ लाख ९७ हजार ५९८ जनाले खोप लगाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय