आज विप्लपको नेपाल बन्द,अधिकांस शैक्षिक संस्था बन्द

काठमाडौं - विप्लप समूहले नेतृत्वको गरेको नेकपा आज मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको मङ्गलबारको नेपाल बन्दको आक्रामक तयारी गरेको पार्टीले जनाएको छ । बन्दकै कारण अधिकांस शैक्षिक संस्थाहरुले आज बिदा दिएका छन् । 

पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्यवृद्धि गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द घोषणा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि पहिलोपटक आव्हान गरिएको हो । यसकारण पनि विप्लवले आजको बन्दलाई शक्ति प्रदर्शनका रुपमा लिएको बुझिएको छ । 

विप्लवले भोलिको बन्दमा सम्पूर्ण शक्ति लगाउने तयारी गरेका छन् । उनले आज शक्ति प्रदर्शन गरेर आफ्नो प्रभाव समेत देखाउने रणनीति बनाएको बुझिएको छ । 

नेपाल बन्द भएपनि शेयर बजार भने खुल्ला हुने नेप्सेको भनाइ छ । धेरैजसो कारोबार अनलाइन प्रविधिमार्फत हुने हुँदा बजार बन्द हुन नहुने धेरै लगानीकर्ताको धारणा रहेको छ । 

यस अघिका नेपाल बन्दहरुमा शेयर बजारमा राम्रो चहलपहल हुने गरेकोमा आज पनि बजार राम्रो अंकले माथि जाने धेरैको बुझाई छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय