काठमाडौ - नुवाकोटमा एक पुरुष विद्युत प्राधिकरणको पोलबात तारमा गएका छन् । जसका कारण विद्युत गृह बन्द गर्नु परेको छ ।
तीन घण्टा भन्दा अगाडिबाट उनी तारमा बसिरहेका छन् भने प्रहरीले तल ल्याउने प्रयास गरिरहेको छ । शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि विद्युत सप्लाई बन्द गरिएको छ ।
उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन् । त्रिशुली ए बाट उत्पादन भएको ६० मेगावाट विद्युत् सोही प्रसारण लाइनबाट आउने गर्छन् । अहिले विद्युत गृह बन्द छ जसका कारण प्राधिकरणलाई करोडौं नोक्सान पर्ने देखिएको छ ।