काठमाडौं - उपत्यकामा लकडाउन फेरी कडा हुने भएको छ । अव नयाँ नियम आँउदो विहिबारबाट लागु हुने भएको छ ।
नयाँ नियम अनुसार उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।
निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।