दमौलीमा भिषण आगलागी

तनहुँको दमौली बजारस्थित एक घरमा आगलागी भएको छ।

ब्यास नगरपालिका ४ स्थित एक पसलमा आज बिहान १०:२५ बजेतिर लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भुपाल हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेका छन्।

प्रतिक्रिया