करिब ७० यात्रु सवार २ बस मुग्लिनको पहिरोले पुर्‍यो

काठमाण्डौं - लगातारको वर्षाले ठूलो मानवीय क्षति भइरहेको छ। त्यसमाथि नेपालको जस्तो भौगोलिक अवस्था भएको देशमा बाढी पहिरोले बितण्डा नै मच्चाउने गर्छ। 

गयराती मुग्लिन नारायणघाट सडक खण्डमा दुई यात्रुवाहक बसलाई पहिरोले पुरेको खबर आएको छ। 

दुई बसमा अन्दाजी ७० जनाभन्दा धेरै यात्रुहरू सभा रहेको अनुमान गरिएको छ। अहिले यात्रु र बसको खोजकार्य भइरहेको छ। थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया