काठमाण्डौ - नायिका तथा निर्माता जेनि कुँवरले आफ्नै निवासमा बिहीबार आत्महत्या गरेकी छन् ।
ढोकाको किल्लामा डोरीको पासो लगाएर उनले आत्महत्या गरेकी हुन् ।
उनको शव संगै सुसाईट नोट समेत फेला परेको प्रहरीले जानेको छ । काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा श्रीमान सँग बस्दै आएकी कुँवर आधा दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छन् ।
अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सन्देश छाडेकी छिन् । प्रहरी दाजु यसमा कसैको दोष छैन । मेरो आफ्नै फैसला हो - उनले लेखेकी छन । उनी पछिल्लो समय डिप्रेशनबाट पीडित थिइन् ।