सीजी नेटको अर्को ठुलो अफर,साथीलाई रिफर गर्दा एक महिना निशुल्क 

सीजी नेटको अर्को ठुलो अफर,साथीलाई रिफर गर्दा एक महिना निशुल्क काठमाण्डौ । केहि महिना अघि इन्टरनेट सेवामा प्रवेश गरेको सीजीनेटले दश हजार ग्राहक बनाइसकेको अबस्थामा रिफर अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत रिफर गर्ने र पाउने दुवैका लागि कम्पनीले एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा दिने भएको छ ।

कम्पनीले ल्याएको  स्प्रेड मोड गेट मोर अफरअन्तर्गत इन्टरनेट प्रयोगकर्ताले आफ्ना साथीभाइ वा आफन्तका लागि सीजीनेट रिफर गर्न सक्नेछन् । जस अनुसार एक महिना इन्टरनेट निशुल्क पाउने छन । 

यो अफरमा प्रयोगकर्ताले तीन महिनाको इन्टरनेट सब्सक्राइब अथवा रिफर गर्दा १० दिनको, छ महिनाको सब्सक्राइब अथवा रिफर गर्दा २० दिनको र १२ महिनाको इन्टरनेट सब्सक्राइब अथवा रिफर गर्दा एक महिनाको इन्टरनेट निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

१२० एमबीपीएस र ५० एमबीपीएस दुवै इन्टरनेट प्याकेजमा यो अफर लागू हुनेछ । साथै इन्टरनेटको भुक्तानी ‘सीजीपे’ बाट गर्दा प्रयोगकर्ताले तीन प्रतिशत क्यासब्याक पनि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय