धेरैको चासो आज नेपाल बन्द हो की हैन ? शेयर बजार खुल्छ की खुल्दैन ?

काठमाडौं - सरकारले MCC परियोजना पास गरेसँगै देशमा शान्ति व्यवस्थामा केही समस्या देखिएको छ । विप्लप नेतृत्वको केही साना दलले यस अघि पनि नेपाल बन्द गरिसकेका छन् भने आज पनि नेपाल बन्दको हल्ला चलाइएको छ । 

आज कुनै पनि राजनीतिक दलले नेपाल बन्द घोषणा नगरेको साना दलका प्रतिनिधिहरुले जनाएका छन् । प्रदर्शन र नयाँ आन्दोलनका कार्यक्रम आयोजना गरिएको भए पनि नेपाल बन्द भने नगरिएको दलहरुले बताएका छन् । आज बिहानै बाट स्कूल,कलेज खुलेको साथै सवारीसाधन पनि सामान्य रुपमा चलिरहेको देख्न सकिन्छ । 

मंगलबार सरकारी बिदा भएकाले सेयर बजार बन्द थियो । आज कुनै सरकारी बिदा नभएकाले सेयर बजार खुल्छ । भोली विहीवार भने सरकारी विदा भएकाले सेयर बजार बन्द हुनेछ । विहीवार ग्याल्पो ह्लोसार भएकाले सार्वजनिक बिदा रहेको छ ।

प्रतिक्रिया