गुरु पूर्णिमा: गुरुहरूलाई सम्मान गर्ने विशेष दिन

काठमाडौं — आज गुरुपूर्णिमा मनाइँदै छ, जसमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन यो पर्व वैदिककालदेखि मनाउने गरिन्छ।

शिष्यहरूले आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ। विभिन्न विद्यालय एवं संघसंस्थाले पनि कार्यक्रम गरी गुरुहरूको सम्मानमा श्रद्धाभाव प्रकट गर्दछन्।

आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद, र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए। पाँचौं वेदसमेत भनिने महाभारत पनि उनले नै रचना गरेका थिए।

प्रतिक्रिया