काठमाण्डौ - नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीजको अवसरमा नयाँ गीतहरू सार्वजनिक भइरहेका छन् यसै बीच नयाँ र मौलिक तीज गीत टेलिफोन ले भर्खर मात्र सार्वजनिक भएको छ ।
शिव अखेलिको निकै दमदार शब्द तथा केशव रिजालको लय सिर्जना रहेको सो गीतमा लोकप्रिय गायक ईश्वर सिंह र माया गुरुङको आवाज रहेको छ । साथै मायालाई आवाजमा अनिता पन्तले साथ दिएकी छन् ।
गीतको लय शब्द र भाव समेत तीजलाई मिल्ने खालको रहेको छ भने म्युजिक भिडियो समेत प्रकाश भट्टले निकै मेहनतका साथ निर्देशन गरेका छन् ।
गीतमा सारिका केसी,जीवन सहाहनी,अनिता पन्त,विशाल गुरुङ,रिया खड्का र अविरल अभिकरीको अभिनय रहेको छ ।