निरन्तर ओरालो लागेर नेप्से २२ सयको विन्दुमा आयो,कारोबार रकममा पनि सुधार भएन

काठमाण्डौ । बुधबार नेप्से परिसूचक करिब ३२ अङ्कले घटेर समग्र बजार २२७५ विन्दुमा आएको छ । शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ता आत्तिएका छन् । 

नेप्से घटेको मात्र छैन कारोबार रकममा पनि खासै सुधार आएको छैन । २३३ कम्पनीहरूको आज १ अर्ब २६ करोडमाथिको शेयर किनबेच भएको छ । एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा केबल १५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । 

आज दिनैभरि खरिद बिक्री भएका शेयर मध्य अरुण भ्यालीको शेयर सबैभन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ भने ग्रिन भेन्चर्सको सबै भन्दा धेरै प्रतिशतले शेयर मूल्य घट्दा बीमा समूहमा उच्च दवाव परेको छ । 

आज नेप्सेका सबै उपसूचकहरूलाई रातो पोतिएको छ । बजारमा तरलता अभाव भएसँगै शेयर बजारमा त्यसको प्रभाव परिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय