काठमाण्डौ - सामलिङ्ग पावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँड भएको छ ।
आज बिहान सो कम्पनीको शेयर बाँडफाँड भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो।
कम्पनीको आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले २ करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएका छन् भने २१ लाख ८८ हजार ७७८ जनाको आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदनमध्ये भाग्यमानी ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
कम्पनीकाे आईपीओमा अन्तिम दिन सम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३९.६७ गुणा धेरै हो ।
नतिजाको लागि यहाँ जान सक्नुहुन्छ ।