काठमाडौंं - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले सर्बसाधारणलाइ निष्काशन गरेकाे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
त्यस अनुसार भोली बिहिबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले डिओआरदी (DORDI) कारोबार संकेत प्रदान गरेको छ ।