बन्द हुने बेलामा शेयर बजारमा ब्यापक उतार चढाव,कारोबार रकम लामो समयपछि ५ अर्ब

काठमाण्डौ । दिनै भरि जस्तो हरियाली रहेको बजार बन्द हुने समयमा भने ठुलो अङ्कले घट्यो त्यसपछि भने एक्कासि बढेर समग्र बजार हरियाली भएको छ । 

आज नेप्से १५ अङ्क भन्दा धेरैले बढेको छ भने कारोबार रकम भने ४ अर्ब ९७ करोडमाथि पुगेको छ । यो कारोबार रकम लामो समयपछिको उच्च कारोबार हो । बुधबार पनि नेप्से दोहोरो अङ्कले बढेको थियो । 

आज मात्रै दोस्रो बजारमा कारोबार सुरु भएको विन्ध्यवासिनी जलविद्युत सहित ३ कम्पनीको शेयर सर्किट लेवलमा कारोबार भएको छ भने १२५ भन्दा धेरै कम्पनीको शेयर मूल्य बढेको छ । बाँकी कम्पनीको शेयर मूल्य घटेर किनबेच हुँदा ९ कम्पनीको मात्र शेयर मूल्य यथावत रहेको छ । 

बीमा र उत्पादन उपसमूह सामान्य घट्दा बाँकी सबै उपसमूहमा हरियाली छाएको छ । आज विकास बैंक उपसमूहमा लगानीकर्ता आकर्षित भए भने अरुण कावेली जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय