यो हप्ता एमसीसी पास हुने संकेत,किन छ लगानीकर्तालाई चासो ?

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो संसद बैठकमा एमसीसी पेस गर्ने तिब्र तयारीमा रहेका छन् । यसैको सहमतिको लागि हिजो गठबन्धनका शीर्ष नेताहरुसँग समेत छलफल गरेका थिए । 

लामो समयको च्चलफलमा पनि यस विषयमा सहमति हुन सकेन तर परियोजनालाई संसदमा पुगे गर्ने मोटामोटी सहमति जुटेको स्रोतको दाबी छ । संसदमा पेस भए कांग्रेस, एमाले, जसपा लगाएतका दलले पक्षमा भोट गर्ने निश्चित जस्तै छ जसले यो पास हुने पक्का पक्की छ । 

अमेरिकाले समेत पास गर्न दबाब दिइरहेका बेला यो विषयले राजनीति तरंगित भएको छ । गठबन्धन टुटाउने योजनामा रहेका एमाले अध्यक्ष केपी ओलीलाई MCC ले सहज बनाएको छ । 

शेयर बजारमा प्रभाव

यो परियोजना पास र फेल हुने कुरालाई समेत शेयर लगानीकर्ताले निकै चासोका साथ हेरेका छ । त्यति ठूलो रकम नभएपनि परियोजनाले विद्युत प्रसारण विस्तार गर्ने काम भएको हुँदा जलविद्युत कम्पनीका लगानीकर्ताहरु अझ बढी उत्साहित छन् । 

एक शेयर विश्लेषकले परियोजना फेल हुँदा खासै असर नगरे पनि पास हुँदा मनोवैज्ञानिक असर लगानीकर्तामा पर्ने बताउनुहुन्छ । 

नेपाली शेयर बजार यस्तै साना साना हल्लाले पनि प्रभाव परिरहेको बेला MCC पास या फेल हुने कुरालाई चासोका साथ हेरिनु सामान्य विषय हो । 

बैंकहरुले फागुन महिनाको लागि ब्याजदर वृद्धि गरेको हुँदा त्यसको असर बजारमा पर्ने अनुमानका बीच आज नेप्सेमा कस्तो अवस्था देखिन्छ त्यो भने हेर्न बाँकी नै छ । 

प्रतिक्रिया