काठमाण्डौ । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १६।६० अंक घटेर २०२७।३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४।५५ अंक बढेर २०३१।८७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।६० अंक बढेको छ।
शुक्रबार प्रि ओपन सेसनमा १४ स्टकको ४ लाख ७४ हजार ९७९ रुपैयाँ ४० पैसा बराबरको ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।