मेलम्चीमा फेरी बाढी,भत्कियो अस्थायी पुल

काठमाण्डौगतवर्ष बाढीले वितण्डा मच्चाएको मेलम्चीमा यो वर्षको सुरुवात मै बाढी आउने संकेत देखिएको छ । अहिले बर्सातसँगै  मेलम्ची नदीमा पानीको बहाव बढेको छ।


मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो। यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ।

मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न लागिएको बताएका छन्। मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय