काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० गोलको नतिजमा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ ।
अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेजको र रानदाल कोलो मुआनीले गोल गरे ।
खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा लिएको १–० गोलको अग्रता मुआनीले ७९औं मिनेटमा दोब्बर पारे ।
मुआनीले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै फ्रान्सका लागि विजयी गोल गरे ।
ओसुमाने डेम्बेलेको स्थानमा मैैदान प्रवेश गरेका मुआनीले ‘फस्ट चट’ मै गाल गरेका थिए ।
मुआनीको गाल विश्वकप इतिहासमा सब्सिट्युट खेलाडीले गरेको दोस्रो छिटो गोल हो । यसअघि सन् १९६२ मा ब्राजिलका सेलेकोले गरेका थिए ।
पहिलो पटक सेमिफाइनल सम्म पुगेको मोरक्कोले निर्धारित समयसम्म गोल गर्ने कहि अवसर पाएपनि फिनिसिङमा चुकेको थियो ।
फ्रान्स सन् २००२ मा ब्राजिल पछि लगातार दोस्रो पटक फाइनल पुग्ने पहिलो टिम बनेको छ । यस्तै, सन् १९९० मा जर्मनी पछि लगातार फाइनल पुग्ने पहिलो युरोपियन राष्ट्र बन्यो ।