आज फेरि सङ्क्रमितको सङ्ख्या बढ्यो,यस्तो छ पछिल्लो २४ घण्टाको अपडेट

काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट  २४६७ जना र एन्टिजेन परीक्षणबाट ११४४ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा जम्मा १४ हजार ६६१ जनाकाे  परीक्षण भएको छ ।

जसमा पीसीआर परीक्षण ९ हजार ७८३ र एन्टिजेन परीक्षण ४ हजार ८७८ जनाकाे भएको मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार २४ घण्टामा १८१६ जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट  २७ जनाको मृत्यु भएको छ । हालसम्म ७ लाख ५३ हजार ६६३ जनामा  संक्रमण पुष्टि भएको छ भने ६ लाख ५२ हजार २६१ जना निकाे भएका छन् । ९ हजार ८३४ जनाकाे मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ पुगेको छ । 

प्रतिक्रिया