काठमाडौं—नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल एक खर्ब ६० अर्ब रुपैयाँको रिपो जारी गरिसकेको छ । राष्ट्र बैंकले विहीवार मात्र १० अर्बको रिपो जारी गरेको छ । रिपोमा तीन दर्जन बढी बैंक तथा वित्तीय संस्थाले आवेदन गरेका छन् ।
१० अर्बको रिपोमा ३८ वटा आवेदकले २८ अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी परेको छ । राष्ट्र बैंकले बिहीबार सात दिन अवधिको रिपो जारी गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले पाँच प्रतिशतसम्म ब्याज हालेका छन् । कम्ति हाल्नेले पनि ४.९६ प्रतिशत निर्धारण गरेका थिए । यसमा ४ खर्ब ५ करोड ५० लाख रुपैयाँको आवेदन परेको थियो ।