काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ । हिजाे (वैशाख २२ गते, बिहीबार) हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ ।
त्यसैले, मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर काराेबार आज (वैशाख २३ गते, शुक्रबार) बाट राेक्का राखिएकाे हाे ।