काठमाडौं / चर्चित हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि १० दिन अगाडि ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका उनकोश्वास प्रश्वासलगायत केही समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो ।
‘१० दिन अगाडि अस्पताल भर्ना भएका थापाको मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ तर मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिए पनि उनको शनिबार बिहान निधन भएको हो ।
पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिदै आएका छन् । यस अघि उनले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा अभिनय गरेका छन् ।