कोरोना संक्रमण फेरि बढ्यो,एकै दिन ४ जनाको ज्यान गयो

काठमाडौं - नेपालमा कोरोना संक्रमण फेरि बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । 

यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् । 

हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय