काठमाण्डौ । बुधबार बजार मापक सूचक नेप्से ९२ अंक भन्दा धेरैले बढेर समग्र बजार २५ सय ७ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर आज ४ अर्व ५२ करोड हाराहारीमा पुगेको छ ।
बजारमा पछिल्लो समय तरलता आभाव समाधान हुने खालका समाचार आएसँगै लगानीकर्तामा उर्जा थपिएको छ । मंगलबार पनि नेप्से अर्धसतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो ।
आजा २३३ कम्पनीहरुको शेयर खरिद विक्रि भएकोमा १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटको छ । आज नेप्सेका सम्पुर्ण उपसूचक हरियो हुँदा वीमा समूहको उपसूचक सबै भन्दा धेरैले हरियो भएको छ ।
आज ४ कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेको छ भने २ कम्पनीहरुको शेयर मुल्य सर्किट लेवलमा कारोबार भएको छ । आज हिमालयन डिष्टीलरीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्री भएको छ ।