सौर्य एयरलाइन्स दुर्घटनामा निधन भएकाको पोस्टमार्टम हुँदै

काठमाडौँ - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका सात जनाको आज पोस्टमार्टम हुँदैछ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये सात जनाको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गरिने भएको हो।

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले हिजो चार जनाको पोस्टमार्टम सकिएको बताएका थिए। अस्पतालमा पोस्टमार्टमका लागि २५ जना चिकित्सकहरू खटिएका छन्।

डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली अन्तर्गत शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल, शरीरमा स्थायी रूपमा बनेका संकेतहरू (खत, ट्याटु आदि), पहिरन, गहना आदि जाँचिन्छ। पहिचान हुन नसकेमा डीएनए परीक्षण गरिने छ, जसमा कम्तीमा दुई हप्ता लाग्न सक्छ।

दुर्घटनामा १८ जनाको निधन भएको छ भने एक जना पाइलट मनीषरत्न शाक्य घाइते भएका छन्, जसको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ।

प्रतिक्रिया