कोरोनाले एकै दिन ५ जनाको ज्यान गयो

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमणका फेरी समुदायमा पुगेको पुष्टी भएको छ । बिहिबार एकै दिन कोरोना संक्रमणबाट  पाँच जनाको ज्यान गएको छ । 

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण पाँच जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही समय मृत्यु हुने क्रम रोकिए पनि पछिल्लो समय बढिरहेको छ । कोरोनाका कारण अहिलेसम्म नेपालमा ११ हजार नौ सय ८२ जनाको ज्यान गइसकेको छ ।

यस्तै थप आठ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यही अवधिमा चार सय ७६ जना सङ्क्रमित निको भएका छन् । यस्तै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार आठ सय ६९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१ हजार सात सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया