कालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कमल राज ढकाल /कालिका - कालिका नगरपालिका वडा न ४ मा पदमपुर पशु सेवा उपभोक्ता समितिको आयोजनामा एक दिने नि शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

सो शिबिर कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका वडा न ४ का वडाध्यक्ष मकरमान श्रेष्ठले कृषकहरुको समस्यालाई पहिचान गरि पदमपुर पशु सेवा उपभोक्ता समिति कृषकका समस्याहरुलाई यस कार्यालयले सहजिकरण गरि लाभ हुने गरि काम गर्न सुझाप दिनु भयो । 

 सो अवसरमा वडा ५ का वडाध्यक्ष दिपक भट्टराई,पशु सेवा शाखाका अधिकृत इश्वरी प्रसाद पौडेल जनप्रतिनिधि, कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम पदमपुर पशु सेवा समिति र कालिका नगरपालिका पशु सेवा शाखा को आयोजमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। सो कार्यक्रममा कालिका पशु सेवा शाखा प्रमुख इश्वरी प्रसाद पौडेलले अहिले पशु चौपायाहरुमा विभिन्न खालको सरुवा रोगहरु आयको ले पशु चौपायाहरु बिरामी हुदा कालिका नगरपालिका पशु सेवा शाखामा खबर गर्न कृसकहरुलाइ अनुरोध गर्नु भयो. पदमपुर पशु सेवा उपभोक्ता समिति हाम्रो कृषकहरुलाई एक दिन निशुल्क पशु स्वास्थ्य शिबिर संचालन गर्दै कृषकहरुसंग अझ यस्ता कार्यक्रम गर्न कालिका नगरपालिका पशु सेवा शाखा संग समन्नय गर्दै यो सस्था सधै कृषक हरुको हक र हितमा काम गर्दै जाने बताउनु भयो । कालिका नगरपालिकाका दुई देखि ५ सम्मका पशु कृषकको गाइ,भैसी, बाख्रा खसी सहित ३५० घर पालुवा जनाबार नि - शुल्क औषधी उपलव्ध गरियको पदमपुर पशु सेवा उपभोक्ता समिति अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय