मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ। त्यस्तै, कोशी, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आगामी दुई दिनको मौसम:
सोमवार (२०८१ भदौ २४ गते)
मङ्गलवार (२०८१ भदौ २५ गते)