काठमाण्डौ - पछिल्लो समय एउटा सुँगुरको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चामा छ । तस्बिर हो उदयपुर सुंगुरको तस्बिर ।
त्यो मूर्ति चानचुने हैन् आधा करोड भन्दा धेरै खर्चेर बनाइएको मूर्ति हो । यतिबेला सो मूर्तिको तस्बिर सामाजिक सञ्जलामा निकै आलोचना भइरहेको छ ।
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा बनाइएको उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट छ।
नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ।
मूर्तिको आउँदो दशैंमा उद्घाटन गर्ने योजना छ । यो तस्बिरलाई लिएर केहीले सकारत्मक प्रतिक्रिया दिएका छन् भने कतिले गलत भएको बताएका छ । उता पालिका भए यसले आफ्नो ठाउँको पहिचान अझ बढ्ने बताउँछन् ।