नेपालमा एकै दिन थपिए दश हजार भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं -  नेपालमा कोरोना संक्रमण उच्च भइरहेको देखिएको छ । नेपालमा एकै दिन दश हजार भन्दा धेरै संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ८७३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना पुष्टि भएको हो। 

२४ घण्टामा २२ हजार ८२८ परीक्षण भएको छ। जसमा पीसीआर १७ हजार ८७२ र एन्टिजेन ४ हजार ९५६ भएको । ५६२ जना कोरोनामुक्त हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

सक्रिय सक्रमितको स‌ंख्या ३९  हजार ४४ पुगेको छ । 

प्रतिक्रिया