काठमाडौं– लामो समयदेखि चर्चामा रहेको सर्बोत्तम सिमेन्ट लिमिटेडले अन्ततः बुक विल्डिङ्ग विधिवाट आईपीओ निष्कासन गर्ने भएको छ । सर्वोत्तमको तेस्रो वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । सभाले ६० लाख कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग विधिवाट गर्ने निर्णय भएको छ ।
त्यसैगरी, धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन् कार्यका लागि १५ करोड १ लाख रुपैयाँमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णयसमेत गरिएको छ । त्यस्तै, लेखा परिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७÷२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७÷२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गर्ने निर्णय कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।