काठमाडौं– महालक्ष्मी विकास बैंकले सेयरलाई राम्रो लाभांश वितरण गर्ने भएको छ । बैंकको २०औं वार्षिक साधारणसभाबाट २१.०५ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभो आव २०७७÷७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित समेत गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको वासलात, आव २०७७÷७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनीबाट प्राप्त सल्लाह सुझाव अनुसार नै बैंकलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । साधारणसभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, सञ्जय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र र उपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएका छन् । सभाले उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको छ ।