बुद्धभूमि नेपालको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

काठमाण्डौ । बुद्धभूमि नेपालको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि शेयर निष्कासन गरेको थियो । 

यस अघिनै कम्पनीको शेयरमा माग भन्दा धेरैको आवेदन परिसकेको छ । आज बेलुकी ५ बजे सम्ममा कम्पनीको शेयरमा आवेदन दिन सकिने छ ।।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। 

 

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

प्रतिक्रिया